बिरालो पाल्नेलाई जागिर, ८० जनाले भरे आवेदन

काठमाडौं । अहिलेसम्म हामीले बिरालो शौखका लागि पालेको देखेका होलाउँ । तर रुसमा बिरालो पाल्नका लागि विधिवत जागिरको विज्ञापन नै निकालिएको छ ।

जागिरका लागि धेरै मानिसहरुले आवेदन पनि भरेका छन् यो जागिर खानेहरुलाई संस्थाको तर्फबाट बिभिन्न सुविधाको व्यवस्था समेत रहेको छ ।

रुसको जेलेनोग्रादस्क शहरमा गल्लीमा घुम्ने बिरालोहरुलाई पाल्नको लागि एक रुसी संस्थाले जागिरका लागि विज्ञापन निकालेको छ । विज्ञापनमा मायाँ गरेर बिरालोको पालन पोषण गर्ने व्यक्तिहरुको आवश्यक रहेको बताइएको छ ।

काम गरे बापत स्यालरी पाइने पनि विज्ञापनमा खुलाइएको छ । जागिर खानेले बिरालोहरुलाई खाना खुवाउने र साइकिलमा राखेर घुमाउनु पर्नेछ ।

बिरालोहरुलाई खाना खुवाउनका लागि हरेक महिना ८० डलरको बजेट छुट्याईएको छ । अहिलेसम्म उक्त जागिर खानका लागि ८० जनाले आवेदन भरेका छन् ।

अहिले एक महिलालाई नोकरीमा राखिसकेको कम्पनीले बताएको छ । महिलालाई जागिरको पहिलो दिन नै साइकिल, ज्याकेट, टाई र टोपी दिइएको छ । तर त्यो काम गरेबापत महिलालाई कति पैसा दिइन्छ त्यो भने खुलाईएको छैन ।

संस्थाले बिरालोलाई मायाँ दिनका लागि यो तरिका अपनाएको कम्पनीले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?