कुकुरलाई घर बाहिर नघुमाए ३ लाख जरिवाना

काठमाडौं । आजको समयमा कुकुर पाल्नु एक प्रकारको शौख नै हो । कोहि मानिसहरुलाई साँच्चिकै कुकुर प्यारो लाग्दछ । तर अष्ट्रेलियामा कुकुर पाल्नेका लागि एउटा नियम रहेको छ ।

अष्ट्रेलियामा यदि आफूले पालेको कुकुरलाई घुमाउन लगेन भने ठूलो जरिवाना तिर्नु पर्दछ । अष्ट्रेलियाको क्यानभरामा एक एउटा अनौठो नियम रहेको छ ।

नियममा दिनमा एक पटक घुमाउनै पर्दछ, यदि नघुमाएको खण्डमा ४ हजार अष्ट्रेलियन डलर अर्थात् नेपाली (३ लाख ५ हजार) जरिवाना तिर्नुपर्दछ ।

एनिमल वेलफेयर लेजिशलेशन एमेन्डमेन्ट बिल लागु’भएपछि यो नियम बनाइएको थियो । उक्त नियममा यदि पालेको कुकुरलाई खाने पिउनेजस्ता कामहरु नगरेमा जरिवारा लगाउने नियम रहेको छ ।

नियमका अनुसार आफ्नो कुकुरलाई दिनमा २ घण्टासम्म खुल्ला ठाउँमा घुमाउनु पर्ने नियम रहेको छ । कुकुरलाई मात्र नभएर बिरालो पाल्नेहरुका लागि पनि नियम बनाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?