काठमाडौँ- नेपाल नेशनल अस्पताल कलङ्कीले धादिङका विरामीलाई उपचारमा १५ देखि २० प्रतिशत छुट दिने भएको छ ।
अस्पतालले बुधबार धादिङका सांसद खेमप्रसाद लोहनीको उपस्थितीमा ज्यामरुङ जनकल्याण समाज धादिङसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेल र समाजका अध्यक्ष कृष्णमान श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
हस्ताक्षरसँगै चैत १ देखि धादिङका बिरामीले उपचार सेवामा छुट पाउने भएका छन् । उपचार छुटका लागि विरामीले धादिङ जिल्ला स्थायी ठेगाना भएको कुनैपनि परिचयपत्र देखाए पुग्ने भएको छ ।
छोटो समयमा नै नेपाल नेशनल अस्पताल कलंकीले आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष,अनुभवि चिकित्सक तथा नर्सहरुद्धारा न्युन शुल्कमा प्रभावकारी उपचार सेवा दिदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया