यस कारण शरीरमा निलो दाग बस्छ

काठमाडौं । हाम्रो शरीरमा बिभिन्न किसिमका रोगले सताउने गर्दछ । शरीरमा अचानक निलो दाग अनायसै देखापर्दछ ।

राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग  ?  के यसले स्वास्थ्यमा असर गर्छ ?

किन बस्छ निलो दाग ?

छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ ।

भिटामिन र मिनरल्सको कमी

– कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ ।

– भिटामिन ‘के’ले रगत जमाउने काममा भूमिका खेल्छ । जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित पर्नइ जान्छ र निलो दाग देखिन सक्छ ।

– यसमा भिटामिन सीको पनि भूमिका हुन्छ । भिटामिन सीले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँदछ ।

त्यसैले शरीरमा भिटामिन सीको कमीबाट पनि निलो दाग देखिन सक्दछ । यस्तो भिटामिनको कमी भएमा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ ।

– जिंक र आइरन जस्ता मिनरलले शरिरमा लागेका चोटलाई छोटो समयमा निको पार्ने काम गर्छ । आइरनको कमीले एनिमियाको समस्या पनि हुन सक्छ । जुन शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण पनि हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?