काठमाडौं । सेञ्चुरी कर्मशियल बैंक र वोमी लघुबित्त वित्तीय संस्थाको बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार दुबै कम्पनीको शेयर मूल्य समायोजन भएको हो।
जस अनुसार सेञ्चुरी बैंकको शेयरमूल्य समायोजन भइ प्रतिकित्ता १७७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २ प्रतिशत बोनस र कर सहित ४. ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेर बैंकको नवौं साधारणसभा बोलाएको जनाएकामे छ ।
हाल ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २ प्रतिशत बोनस शेयर वितरणपश्चात पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।
त्यस्तै वोमी माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरी नेप्सेले ८५६ रुपैयाँ कायम भएकामे छ ।
माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर बापत शेयर मूल्य समायोजन भएको हो।
लघुवित्तले चैत १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा विहान ११ बजे सभा बोलाएको छ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ। लघुवित्तको बोनस पश्चात चुक्ता पूँजी १२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ।
मूल्य समायोजन गरिएको सेञ्चरी तथा वोमीको समायोजित मूल्यलाई आधार मानेर चैत २ गते आइतवारबाट कारोवार खुल्ने नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया