अग्लो हिल लगाउँदा हुन्छन् यस्ता समस्या

काठमाडौं । महिलाहरुले आफ्नो सौन्दर्य बढाउनको लागि अग्लो-अग्लो हिल लगाउने गर्दछन् ।

कोहि महिला होची छन् भने उनले केहि समय अग्लो बन्नको लागि भए पनि अग्लो हिलको प्रयोग गर्ने गरेको पाईन्छ । तर अमेरीकामा भएको एक सर्वेक्षणले अग्ला हिलका कारण महिलाको शरीरमा समस्या हुने देखाएको छ ।

अमेरिकाको अध्ययनले अग्लो हिल लगाउने अधिकांश अमेरिकी महिलाको मांसपेशी च्यातिएको र खुट्टा मर्किएको देखाएको छ ।

त्यहाँ ६० लाख महिला अग्लो हिल जुत्ताका कारण खुट्टाको मांसपेशी च्यातिएर उपचार गराउनुपर्ने अवस्थामा पुगेको पाइएको हो ।

१५ देखि ७० वर्षका ३० हजार महिलामा गरिएको सर्वेक्षणमा ९० प्रतिशत महिलाले अग्लो जुत्ताका कारण राती खुट्टामा पीडा हुने गरेको बताएका थिए ।

सर्वेक्षणअनुसार ९० प्रतिशत महिला हिल जुत्ताले पीडा दिने थाहा पाउँदापाउँदै पनि यस्ता जुत्ता किन्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?