काठमाडौं । मनिसहरुले पहिले पहिले औषधीको साटो बिभिन्न जडिबुटीहरु प्रयोग गर्दथे । समय परिवर्तनसँगै बिभिन्न औषधीहरु अहिले उत्पादन भईरहेका छन् ।
आज हामी तपाईहरुलाई घरघरमा पाईने जडिबुटी बोझोका फाईदाहरुका बारेमा दिन्छौँ । बोजो चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । यसरी प्रयोग गर्नाले यस किसिमका बिभिन्न रोगहरुबाट राहत पाउन सकिन्छ ।
१. हाम्रो घर आँगनमा पाईने बोझोको सेवन गर्नाले खोकी ठीक हुन्छ
२. शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ ।
३. खाँदा नमिठो स्वाद अनि आंशिक रुपमा पिरो भए पनि यसले पेट दुखेको अवस्थामा सेवन गर्दा शरीरलाई आरम मिल्दछ ।
४. मानसिक तनाव कम गर्नका लागि पनि बोझो सेवन गर्न सकिन्छ ।
५. हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।
६. बोझोले स्मरणशक्ति बढाउँदछ ।
७. उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।
८. बोझो दम रोगका लागि पनि प्रभावकारी मानिन्छ । बोझोको सेवनले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्दछ ।
९. घाँटी दुखेको बेलामा बोझा सेवन गर्नाले ठिक हुन्छ।
१०. पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया