काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संचालकमा केशव खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालकको पद रिक्त रहेको थियो ।
फागुन २९ गते बिहीवार बसेको बैंकको सञ्चालकको बैठकले खतिवडालाई सञ्चालकमा नियुक्त गरेको हो ।
सञ्चालकमा नियुक्त भएसँगै खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया