काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मिर्गौला प्रत्यारोपणको १० दिनपछि ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।
गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार अप्रेशन भएको थियो ।
ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र सबै सूचक पनि राम्रो रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन् ।
ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्योरोपण गरिएको हो । यसअघि १२ वर्षअघि उनको भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपनि केही समय बालुवाटारस्थित सरकारी निवासमै आराममा रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया