काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्जपछि पनि निरन्तर चिकित्सककै निगरानीमा रहने भएका छन् ।
उनलाई त्रिवि शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणको १० दिनपछि शुक्रबार साँझ डिस्चार्ज गरेको थियो ।
तर डिस्चार्जपछि पनि प्रधानमन्त्रीलाई सामान्य अवस्थामा फर्किन समय लाग्नेछ । प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई सामान्य अवस्थामा फर्किन ६ महिनादेखि १ वर्षसम्म लाग्ने जानकारी दिइन् ।
उनका अनुसार प्रधानमन्त्रीलाई संक्रमणको जोखिम हुने भएकाले विशेष निगरानीमा राख्नुपर्ने हुन्छ । सोही अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उनको आरामका लागि विशेष कोठाको तयार गरिएको छ । त्यही प्रधानमन्त्रीले आराम गर्नेछन् भने जरुरी भेटघाट बालुवाटारमै सञ्चालन हुनेछ ।
अस्पतालका अनुसार फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको अहिले भिटल र ल्याब मारामिटरहरु राम्रो अवस्थामा रहेको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिस्चार्जपछि पनि उहाँ समयसमयमा नियमित फलोअपमा रहनु पर्नेछ । साथै उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ ।’
प्रधानमन्त्रीले त्यसपछि मात्रै आवश्यक सतर्कताका साथ आफ्नो नियमित र आवश्यक सबै कामहरु गर्नेसक्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया