काठमाडौँ — कारोना भाइरसको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका चार जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो ।
रिपोर्ट आएपछि अस्पतालले शुक्रबार तीन जनालाई ‘डिस्चार्ज’ गरेको छ । उनीहरु ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
उनीहरु केही दिनअघि मात्रै अमेरिकाबाट फर्किएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया