इरान र इटालीमा कोरोना भाइरस भयावह बन्दै, कुन देशमा अहिलेसम्म कतिको ज्यान गयो ?

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणको दिशातिर जाँदा इरान र इटालीमा अझै भयावह अवस्था छ ।

चीनको उहानबाट सुरु भएको यो भाइरसको संक्रमण अहिले विश्वव्यापि बनेको छ भने विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरिसकेको छ ।

हालसम्म ३ हजार १८९ जनाको मृत्यु भएको चीनमा अहिले ११ वटामात्रै नयाँ केस देखिएको छ । यता इटालीमा एकैदिन २५० जनाको मृत्यु हुँदा इरानमा पनि ८५ जनाको मृत्यु भएको छ । अहिलेसम्म इटालीमा १२६६ जनाको मृत्यु हुँदा इरानमा ५१४ जनाको मृत्यु भइसकेको छ ।

यता अमेरिकामा पनि ५० जनाको मृत्यु भएको छ भने त्यहाँ आपतकालको घोषणा गरिएको छ ।

शनिबारसम्म यो भाइरसको संक्रमणबाट ५ हजार ४३६ जनाको मृत्यु भएको छ भने संक्रमण १४५ देशमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?