काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा माटो बोक्ने मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।
जय ब्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरको ठक्करबाट १८ महिने शिशिर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजु हुन् ।
फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया