दैनिक एक किलो माटो खाने यी ९० वर्षिया वृद्धा (भिडियोसहित)

काठमाडौं । कोही मानिसको माटो खान रुचाउँछन् । यस्तै, विश्वमा एक महिलाले दैनिक एक किलो माटो भोक नलागेपनि खाने गरेकी छिन् । उत्तरप्रदेशको एक गाउँमा बस्ने एक ९० वर्षिया वृद्धा सुदामा देवीले दैनिक १ किलो माटो नखाएसम्म उनलाई निन्द्रा नै लाग्दैन ।

उनले १० वर्ष हुदाँ देखि नै माटो खाने गरेकी थिइन् । सुदामाले साथीहरुसंग रमाइलो गर्दागर्र्दै माटो खाएको बताएकी छिन् । त्यसपश्चात भने उनको शोक दैनिक आदतमा परिणत भएको थियो ।

यति धेरै माटो खादाँ पनि कहिल्यै बिरामी भएकी छैनन् । उनले सुख्खा माटोमा पहिला थोरै एक गिलास पानी मिसाएर पिउने गरेको बताएकी छिन् । यसका अलावा संतरेमा पनि सुख्खा माटो मिसाएर खाने गरेकी छिन् । सुदामा को यस्तो बानि देखेर गाउँलेहरु अहिले सम्म नोक्सान नपुर्याएको बताएका छन् ।

एजेन्सी

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?