स्रोत नखुलेको लाखौं रुपैयाँसहित दुई भारतीय पक्राउ

काठमाडौं । बारा जिल्लाको परवानिपुर गाँउपालिका ३ बाट चैत्र १ गते एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?