काठमाडौं । २१ औँ शताब्दीमा देश त आधुनिक युगमा प्रवेश गर्याे नै तर मानिसहरु आज पनि अन्धविश्वासमा बाँचिरहेका छन् । तन्त्र-मन्त्र, जादु-टुनाको आडमा केहि मानिसहरुले आफ्नो ज्यान गुमाएका छन् भने कोहि मानिसहरु मरिसकेको मानिसहरुलाई फेरी बाँच्ने आशमा समेत बसिरहेका छन् ।
अन्धविश्वासको यस्तो घटना भारतको राजस्थानस्थित सीकर जिल्लामा देखिएको छ । जहाँ एक पत्नी आफ्नो मरिसकेको श्रीमान फेरी जिवित हुने आश गर्दै ६ घण्टासम्म काखमा लिएर बसिन् । र उनले यस्तो दाबी पनि गरिन् कि, तन्त्र-मन्त्रको शक्तिले उनको पति फेरी जीवित बन्नेछन् ।
यो अवस्थाको बोमा थाहा पाएपछि सबै मानिसहरु अचम्ममा परे । मानिसहरुले उनको श्रीमतीको जीवित हुने अडान पछि ६ घण्टासम्म कुरेर बसे ।
सीकर जिल्लाको रामलीला मैदानमा बस्ने सुवास सोनी नामक ति व्यक्ति घण्टाघर नजिकै ज्वेलरी चलाउँदथे । शुक्रवार उनी सधैँ जसो पसल खोल्न निस्किएका थिए ।
अचानक उनको शिर दुख्न थाल्यो । त्यसपछि उनलाई तत्कालै अस्पताल पुर्याइयो । तर डाक्टरले उनलाई मृत घोषित गरिदिए । त्यसपछि परिवार उनको शव घर लिएर गए ।
तर श्रीमतीले शवलाई कोठामा राखिन् र आफ्ना पतिलाई तन्त्र-मन्त्रले जीवित बचाउने दाबी गरिन् र ६ घण्टाको समय मागिन् ।
त्यसपछि ति महिला आफ्नो श्रीमानलाई काखमा राखेर धार्मिक किताव पढ्न थालिन् । ६ घण्टा पछि बेलुका ४ बजे श्रीमती कोठाबाट बाहिर निस्किइन् र आफन्तले सुवासको अन्तिम संस्कार गरिदिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया