प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । मिर्गौला प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको पाइप (स्टेन्ट) निकाल्न प्रधानमन्त्री अस्पताल पुगेका हुन् ।

गत फागुन २१ गते दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्य सुध्रँदो क्रममा छ । उक्त स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?