काठमाडौं । मोरक्को फुटबल महासंघले फुटबल सम्बन्धि सम्पुर्ण गतिविधि स्थगित गरेको जनाएको छ ।
विश्वमा महामारीको रुपमा फैलदो कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सुचना जारी नभएसम्मका लागि सम्पुर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो ।
महासंघले पछिल्लो निर्णयले सबै प्रकारका फुटबल गतिविधि प्रभावित बनाउने बताएको छ ।
मोरोक्कोमा कोरोनाका १७ जना संक्रमित भेटिएपछि सो निर्णय गरिएको हो । कोरोनाकै कारण मोरोक्कोमा एक जनाको मृत्यु समेत भईसकेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया