ब्रिटेनमा नवजात शिशुमा देखियो कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरसका कारण सारा विश्वमा हाहाकार मच्चिएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म १३० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ ।

कोरोनाका कारण विश्वमा अहिलेसम्म ५ हजार ८ सय भन्दा धेरैको ज्यान गईसकेको छ । उत्तर पश्चिम लण्डनमा एक नवजात शिशुलाई कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

‘द सन’ ले आफ्नो रिपोर्टमा एक नवजात शिशुकी आमाले बच्चा जन्माउनु भन्दा अगाडि नर्थ मिडलसेक्स युनिभर्सिटी अस्पतालमा गएर आफूलाई निमोनिया भएको बताएकी थिइन् ।

त्यसपछि उनले बच्चा जन्माएकी थिइन् । तर उनले जन्माएको बच्चाको परिक्षण गर्दा उनलाई कोरोना भाइरस भएको पुष्टि भएको थियो ।

बच्चा जन्मिएको केहि समय पछाडि नै स्वास्थ्य परिक्षण गर्दा कोरोनाको संक्रमण भएको फेला परेपछि बच्चालाई अहिले नर्थ मिडिलसेक्स युनिभर्सिटी अस्पतालको स्पेशलिस्ट सेन्टरमा राखिएको छ भने बच्चाकी आमालाई आइसोलेशनमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?