कोरोनाको प्रभाव एयरलाइन्समा : कर्मचारीलाई विदा दिने तयारी

काठमाडौं । कारोनाभाइरस (कोभिड १९)का कारण यात्रु पाउन छाडेपछि वायुसेवा सञ्चालकहरुले कर्मचारीहरुलाई विदा दिने भएका छन् ।

व्यवसायनै ओराले लाग्न थालेपछि वायुसेवा सञ्चालक संघको बैंठकले आफ्ना कर्मचारीहरुलाई स्वस्फूर्त रुपमा विदा बस्न आग्रह गर्ने भएको छ । सञ्चालकहरुले उनीहरुलाई  मासिक तलबको २५ प्रतिशत दिने निर्णय गरेको छन् ।

कोरोना भाइरसका कारण व्यवसाय ओरालो लाग्न थालेपछि वायुसेवा सञ्चालकहरुले आफ्ना कर्मचारीहरुलाई मासिक तलबको २५ प्रतिशत दिएर विदा गर्ने तयारी थालेका हो ।

अहिले एयरलाइन्सहरुमा ४ हजार भन्दा बढि कर्मचारीहरु छन् । हेलिकप्टर कम्पनीमा ७ सय भन्दा बढि कर्मचारीहरु कार्यरत छन् ।

कर्मचारीहरुलाई एकैसाथ विदा गर्दा उनीहरुको परिवारमा समस्या आउने भएकोले २५ प्रतिशत तलब ६ महिनासम्म दिने सहमति भएको छ ।

वायुसेवा सञ्चालकहरुले  कर्मचारीलाई कामको ग्यारेन्टी दिएर विदा दिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?