काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व भरि नै फैलिएको छ । संसारभरमा डेढलाख भन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमणबाट लगभग ६ हजार मानिसको मृत्यु भईसकेको छ ।
मानिसहरु कोरोनाको डरले माछामासुबाट टाढा रहँदै आएका छन् । हालैमात्र भारतको बेंगलुरुमा संक्रमणको डरले ६ हजार जीवित कुखुरालाई जमीनमा गाडिएको छ ।
अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । यो भिडियो बेंगलुरुस्थित बेलागावीको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार एक पोल्ट्री फर्मका मालिक नाजिर अहमद मकन्दरले गोकको नुलसोरमा लगभग ६ हजार कुखुराहरु जिउँदै खाल्डोमा गाडिदिएको बताएका छन् ।
A dejected farmer Nazeer Makandar from Lolasoora village in #Gokak, #Belagavi decided to bury #chicken from his #poultry farm, following steep fall in price due to #CoronavirusOutbreak. @DeccanHerald @CMofKarnataka @mani1972ias #Coronavid19
Nazeer Makandar pic.twitter.com/OExEPM39ay
— Niranjan Kaggere (@nkaggere) March 10, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया