काठमाडौं । भारतमा कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । साथै कोरोना संक्रमितको संख्या अहिलेसम्म ९९ पुगेको छ ।
भारतका १३ राज्यमा अहिलेसम्म कोरोना फैलिएको छ । त्यसैले भारतमा संक्रमण रोक्नका लागि बिभिन्न नियमहरु अपनाएको देख्न सकिन्छ ।
भारतको तमिल्नाडुस्थित कोलाथुरमा एवरविन विद्याश्रम स्कूलको कक्षा ६ देखि लिएर कक्षा ९ सम्मका १ हजार विद्यार्थीहरु मिलेर कोरोना भाइरसबाट बँच्नका लागि सन्देश दिन भन्दै २५ हजार साबुनको प्रयोगबाट एउटा चित्र बनाएका छन् ।
शनिवार शेयर गरिएको उक्त चित्रका साथमा विद्यार्थीहरुले हात धुने तरिका पनि शेयर गरेका छन् । सचेतनामुलक उक्त भिडियो सोसल मिडियामा शेयरिङ गरेपछि युजर्सहरुले उक्त चित्रको तारिफ गरिरहका छन् ।
साथै कसैले भने साबुन पानीले हात धुँदा कोरोनाबाट बच्न सकिने बताइरहेका छन् । १० हजार वर्ग फिट लामो उक्त चित्रको उद्देश्य भनेको हात धोऔँ, स्वस्थ रहौँ भन्ने रहेको छ ।
चित्रमा १०० वर्ष बाँच्नको लागि हात धुनु आवश्यक रहेको लेखिएको थियो ।
Tamil Nadu: Students of Everwin Vidhyashram school in Kolathur, Chennai create a mosaic of 'wash hands, live long' using around 25,000 soaps to create awareness over #COVID19. pic.twitter.com/EQ81i01jR5
— ANI (@ANI) March 14, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया