७३ वर्षकी महिला बडी बिल्डर बनिन् सोसल मिडियामा स्टार

काठमाडौं । क्यानडाको ओन्टारियोमा बस्ने ७३ वर्षीया जोन म्याकडोनाल्डले यो उमेरमा बडी बिल्डिङ गरेर सोसल मिडियामा भाइरल बनेकी छन् ।

उनको स्वास्थ्य अवस्था पनि एकदमै राम्रो रहेको छ । पहिला जोनलाई सधैँ आफ्नो अत्याधिक तौलका कारण धेरै संघर्ष गर्नु परेको थियो ।

उनलाई उच्च रक्तचाप,कोलेस्ट्रल र एसिड रिफ्लक्स सहित बिभिन्न समस्याहरु थिए । उनी गएको तीन वर्ष यता जिममा पसिना बगाईरहेकी छन् ।

उनको तौल अहिले ६९ किलो भएको छ । पहिला उनको तौल ९० किलो थियो । इन्स्टाग्राममा उनका अहिले ५ लाख फलोअर्स रहेका छन् । उनको इन्स्टाग्राम पेज ‘ट्रेनविथजोन’ रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?