देवः विकास बैंकले बोनस शेयर वितरण गर्ने

काठमाडौं । देवः विकास बैंक लिमिटेडले शेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । फागुन ३० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस शेयर वितरण गर्न लागेको जनाएको छ ।

बैंकको सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने हुन्छ । साथै बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले सो मात्राको बोनस प्राप्त गर्नछन् ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख ९ सय २७ रुपैयाँ रहेको छ । साथै सेयरधनीहरुलाई बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?