काठमाडौं । विश्वभरमा धेरै खतरनाक युद्ध भएका छन्, जसमा हजारौँ, लाखौँ मानिसहरुको मृत्यु भएको छ । ति मध्ये धेरै जसो युद्धको लक्ष्य आफ्नो सत्ताको बिस्तार गर्ने र अर्काे राज्यलाई कब्जा गर्नु नै हुन्छ । तर आज हामी तपाईहरुलाई आजभन्दा लगभग ६९५ वर्ष पहिला एउटा यस्तो युद्ध भएको थियो, जुन युद्ध जम्मा एउटा बाल्टीको लागि भएको थियो ।
यो भीषण युद्धमा २ हजार भन्दा धेरै मानिसको मृत्यु भएको थियो । यो ऐतिहासिक घटना सन् १३२५ को हो । इटलीमा त्यो बेला धार्मिक तनाव अत्याधिक बढेको थयो ।
त्यहाँका दुई राज्य बोलोग्ना र मोडेनाकोबीचमा अधिकांश लडाई भई नै रहन्थ्यो । किनभने बोलोग्नाका इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो र मोडेनालाई रोमन सम्राटको समर्थन मिलेको थियो ।
बोलोग्नाका मानिसहरु पोपलाई नै ईसाई धर्मका सच्चा गुरु मान्दथे । र मोडेनाका मानिसहरु भने रोमन सम्राटलाई नै असल गुरु भएको बताउँदै आएका थिए ।
सन् १२९६ मा बोलोग्ना र मोडेनाकोबीचमा एउटा लडाई पहिला नै भईसकेको थियो । त्यसपछि दुबै राज्यकोबीचमा सधैँ तनावको अवस्था भई नै रहन्थ्यो । रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना अत्याधिक आक्रमक भएको र बोलोग्नामाथि हमला गरिरहने गरेको मान्ने गरिन्छ ।
यी दुबै राज्यको तनाव सन् १३२५ मा मोडेनाका केहि सैनिक चुपचाप बोलोग्नाको एउटा किल्लामा घुसे र लौरोको एउटा बाल्टी चोरेपछि हिंसात्मक रुपमा युद्ध भएको थियो ।
उक्त बाल्टीमा हिरामोतीहरु रहेको करा बताइएको छ । उक्त बाल्टी चोरी भएपछि बोलोग्नाका सेनाले मोडेनाका सेनालाई फर्काउन भनेका थिए । तर मोडेनाले इन्कार गरेपछि युद्धको घोषणा भयो र घमासान युद्ध भयो ।
बोलोग्नासँग त्यसबेला ३२ हजार सेना थिए भने मोडेनासँग मात्र ७ हजार सेना थिए । विहानबाट शुरु भएको युद्ध आधा रात सम्म चलेको थियो । तर कम सैनिक भएपनि युद्ध मोडेनाले जितेको थियो ।
यो युद्धमा दुई हजार भन्दा धेरै सैनिक मारिएका थिए । बोलोग्ना र मोडेनाकोबीचमा भएको उक्त युद्धलाई वार अफ द बकेट वा वार अफ द अकेन बकेट को नामले सम्झिने गरिन्छ ।
आजसम्म पनि उक्त बाल्टी एउटा म्युजियममा राखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया