महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सुचना बोर्ड जडान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फो लेड सूचना बोर्ड जडान गरेको हो ।

उक्त उपकरण एक कार्यव्रmमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल बहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित उक्त उपकरण जडान गरिएको बैंकले जनाएको छ ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?