काठमाडौं । स्विट्जरल्याण्डको ६०६९ फिट अग्लो पर्वत स्ट्यान्सर हर्नका घुम्नको लागि रोमाञ्चकारी बन्दै गएको छ ।
संसारमा पहिलो पटक यस्तो केवलकारको शुरुवात भएको छ जसको छतमा पनि मानिसहरु उभिन सक्दछन् । केवल कार भित्र एक पटकमा ६० मानिसहरु सहजै बस्न मिल्छ ।
साथै छतमा ३० जना मानिसहरु उभिएर आसपासको दृष्य हेर्न सक्दछन् । तर त्यहाँ अहिलेसम्म फ्युनिक्युलर ट्रेन मात्र पुग्दथ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया