राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच शिष्टाचार भेट

काठमाडौं, १९ माघ । राष्ट्रपति विद्या भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शिष्टाचार भेटवार्ता भएको छ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेकी भारतीय विदेशमन्त्री स्वराजसँग दुई देशको सम्वन्ध सुधारबारे कुुराकानी भएको बताइएको छ । सो भेटका क्रममा स्वराजले निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिएकी थिइन् स्वराज दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौंमा आएकी हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राजपा र फोरमका नेताहरुसँग भेटवार्ता गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?