काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यतिखेर नेपाली बजारमा खाद्यन्न, ग्यास लगायतका बस्तुहरुको अभाव देखिन थालेको छ । त्यतिमात्र नभएर बजारमा महंगी समेत देखिएको पाइन्छ । त्यसको प्रत्यक्ष असर दैनिक उपभोग्य तरकारीमा पनि परेको छ ।
सोमवार बजारमा तरकारीको मूल्यमा घटबढ भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजारका अनुसार सोमवारको लागि सार्वजनिक गरेको मूल्य अनुसार लसुन प्रतिकिलो ३२०, नेपाली तथा भारतीय ठुलो गोलभेडाको मूल्य प्रतिकेजी ८० रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै सोमवार पाकेको फर्सि प्रतिकेजी ७०, स्कुस प्रतिकेजी ६०,भिन्डी प्रतिकिलो १२०, पालुङ्गो प्रतिकेजी ४० मेथी तथा चम्सुरको साग प्रतिकेजी ४० रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै आज भेडे खुर्सानी १३० रुपैयाँ, हरियो लसुन १४० तथा धनियाँ प्रतिकिलो ६० रुपैयाँ कायम भइ कारोवार भइरहेको कालीमाटि फलफूल तथा तरकारी बजारले जनाएको छ ।
बजारका अनुसार रातो आलु प्रतिकेजी ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी १०० रुपैयाँ, लोकल बन्दा तथा गाजर प्रतिकिलो क्रमशः ४० र ५० रुपैयाँ रहेको छ । भने गोलभेडाको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ रहेको छ ।
यस्ताे छ तरकारीकाे बजारभाउः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया