२० वर्षसम्म कैद थियो कछुवा, रिहा भएलगत्तै घर खोज्दै गर्यो ३७,००० किमी यात्रा

काठमाडौं । घर यो शब्द छोटो अवश्य छ, तर यसकोे आवश्यकता र महत्व भने बिशाल रहेको छ । मानिसहरु जहाँ सुकै बसुन् तर उ एक दिन अवश्य नै घर फर्किन्छ ।

यो कुरा मात्र मानिसहरुको लागि मात्र होइन, पृथ्वीका हरेक प्राणीका लागि लागू हुन्छ । यस्तै अनौठो एउटा घटना सार्वजनिक भएको छ ।

योशी नामको एक कछुवाले आफ्नो घरको खोजीमा ३७००० किलोमिटरको यात्रा गरेको छ । १६० किलो तौलको उक्त कछुवा गएको २० वर्ष यता कैद थियो ।

कैदबाट किस्किए लगत्तै योशी आफ्नो घरको खोजीमा निस्किएको थियो । आफ्नो घरको खोजीमा कछुवाले लगभग ३७००० किमीको यात्रा गरेको थियो ।

आइएपएस अफिसर परवीन कासवानले योशीको कहानी शेयर गर्दै आफ्नो घरको खोजीमा अफ्रिकाबाट अष्ट्रेलियासम्म ३७००० किमी यात्रा गरेको बताएका छन् ।

उनले योशी गएको २० वर्ष यता कैद रहेको पनि बताएका छन् । त्यो बेला उसलाई धेरै चोट लागेको थियो र उपचार गरेर उसको शरीरमा एउटा स्याटेलाइट ट्याग राखिएको थियो ।

त्यसपछि उसलाई निगरानीमा राखिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?