जन्मदिनको अवसरमा पोग्बाद्वारा कोरोना संक्रमितलाई अक्षयकोष स्थापना

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले कोरोना भाईरस संक्रमितलाई सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेका छन् ।

पोग्बाले हेल्प फाइट थिस वार अगेन्ट्स कोभिड-१९ नामक अक्षयकोष स्थापना गरेका छन् ।

फ्रान्सका मिडफिल्डर पोग्बाले २७ औं जन्मदिनको अवसरमा कोष स्थापना गरेका हुन् । कोषबाट उठेको रकम पोग्बाले युनिसेफमार्फत कोरोनाले प्रभावित बालबालिकाका लागि खर्च गर्ने छन् ।

यस्तै यसबाट उठेको रकमले कोरोनाको उपचारमा संग्लग्न स्वास्थ्यकर्मीलाई ३ लाख ३३ हजार ३३२ डिस्पोजल ग्लोभ्स, २ हजार ७७७ सर्जिकल मास्क र ९ हजार ६१५ भेन्ट गगल्सहरु उपलब्ध गराउने छन् ।

उनले हरेक दिन २७ हजार पाउण्ड सहयोग जुटाउने उदेश्य रहेको बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?