युनाइटेड इदीले साढे १० लाख कित्ताको आईपिओ निष्काशन गर्दै

काठमाडौं । युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले १० लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । जसअनुसार कम्पनीले ४ लाख २० हजार कित्ता बराबरको आइपिओ आयोजना प्रभावित स्थानिय तथा ६ लाख ३० हजार कित्ता बराबरको शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले आगामी चैत १० गते आयोजना प्रभावित स्थानियवासी तथा सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीका अनुसार लगानी गर्नका लागि इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म शेयर खरिद गर्न सक्नेछन् । भने त्यसको लागि आवेदन ढिलोमा बैशाख ९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमइ क्यापिटलाइ कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रवन्धकको जिम्मा दिइएको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?