पापराजीबाट जोगिन यस्तोसम्म गरे सेलिब्रेटीले, नेपाली सेलिब्रेटीलाई हाइसन्चो(फोटोफिचर)

पापराजी अर्थात् स्वतन्त्र फोटोग्राफर जसले कलाकार, खेलाडी, नेता, सेलिब्रेटी लगायत हाइ प्रोफाइल व्यक्तिको फोटो खिच्छन् । तर ‘क्यान्डिड’ अर्थात् पोज नदिइएको, न्याचुरल । विशेषगरी त्यस्तो अवस्थामा जब उनीहरु आफ्नो व्यक्तिगत जीवनमा रमाइरहेका हुन्छन् । निजी समय बिताइरहेका हुन्छन् ।

पापराजीलाई न उनीहरुको अनुमति चाहिन्छ न त फोटो खिच्नलाई कुनै तयारी नै । जहाँ, जतिवेला, जसरी, जे गर्दै गर्दा सेलिब्रेटी देखापर्छन् पापराजीहरु फोटो खिच्न तयार भइहाल्छन् । उनीहरु दाउ मात्रै हेर्छन् । बुझ्ने भाषामा भन्दा बाटोघाटोमा ढुकेर उनीहरु त्यस्ता पल कैद गर्छन् जुन प्राय सेलिब्रेटी छुपाउन चाहन्छन् ।

विशेषतः हलिउड तथा बलिउडमा पापराजीहरु निकै सक्रिय छन् । हिरोहिरोइनको एयरपोर्ट तथा जिम लुक पछ्याउने देखि उनीहरुका छोराछोरीको स्कुलसम्म पुग्छन् पापराजी । छुट्टिमा आफ्ना प्रिय मान्छेसँग ‘प्राइभेट’ समय बिताउन पनि सोच्नैपर्ने हुन्छ सेलिब्रेटीले । किनकी पापराजीको लेन्सले उनीहरुलाई कतै न कतैबाट कैद गरिहाल्छ ।

यसका फाइदा, बेफाइदा दुवै छन् ।

पापराजीले खिचेका तस्वीरहरुले हामीलाई आफ्ना प्रिय सेलिब्रेटीको जीवनसँग साक्षात्कार गराउँछन् । उनीहरुको जीवन पनि कतिपय तरिकाले सामान्य मानिसजस्तै हुन्छ भन्ने कुरा बुझाउँछन् । सेलिब्रेटीकै लोकप्रियता पनि बढाउँछन् ।

तर, यसका नकारात्मक प्रभाव पनि छन् । हरेक व्यक्ति जतिवेला पनि राम्रो मुडमा हुँदैन, उसको जीवनमा सधैं राम्रो समय मात्र चलिरहेको हुँदैन । यस्तो अवस्थामा सेलिब्रेटीहरुले पापराजीको अनावश्यक झमेला झेल्नुपर्ने हुन्छ । नचाहँदा नचाहँदै सबैका अगाडि उनीहरुको व्यक्तिगत जीवन छताछुल्ल हुन पुग्छ । ‘गोपनियताको अधिकार’ आरटिपी भन्ने टर्मिनोलोजी एउटा मजाक बन्न पुग्छ । अनि कहिलेकाहीँ त सेलिब्रेटीको ‘हाइप’लाई झ्वाम्मै डाउन समेत गरिदिन्छन् यस्ता अनौपचारिक मिडिया कन्टेन्टहरुले ।

भनिन्छ पापराजीले फोटो खिच्न पछ्याउँदै गर्दा बेलायतकी प्रिन्सेस डायनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनी तत्कालीन समयकी सबैभन्दा धेरै फोटो खिचिएकी महिला पनि थिइन् ।

नेपालमा भने पापराजीको अवधारणा अझै पनि विकास भइसकेको छैन । यहाँका सेलिब्रेटीलाई सार्वजनिक स्थलमा स्वतन्त्र हिँड्न, डुल्न खासै समस्या छैन ।

अभिनेत्री ऋचा शर्माले आफ्नो विवाहपछि दिएको एक अन्तर्वार्तामा खुलेर भनेकी पनि छिन् कि उनी आफ्ना श्रीमान् दिपेक्ष विक्रम राणासँग ‘डेट’मा दरबार मार्ग क्षेत्रको रेस्टुरेन्टहरुमा जान्थिन् । लन्च, डिनर गर्न उनीहरु राजधानीकै रेस्टुरेन्ट धाउँथे तर, उनीहरु एकसाथ भएको तस्वीर विवाहअघि कहिल्यै बाहिरिएन । उनले उक्त अन्तर्वार्तामा नेपालका चलचित्र पत्रकारले अब यस्तो किसिमको ‘खोज पत्रकारिता’को अभ्यास गर्नुपर्ने सल्लाहसमेत दिएकी छिन् ।

हुन पनि उनको विवाहको खबर सार्वजनिक भएपछि मात्र बल्ल दिपेक्ष विक्रम राणा को हुन्, कस्ता छन् भन्ने चासो देखाएका थिए चलचित्र पत्रकारले । तबमात्रै खोजी गरेका थिए फ्यानहरुले । सार्वजनिक रुपमा पहिलोपटक दिपेक्षलाई विवाहकै ‘लुक’मा देखियो ।

त्यस्तै, केही समयअघि चलचित्र मारुनीको घोषणा कार्यक्रम सम्पन्न भएपछि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आफ्नो प्रेमी देवांश जंग बहादुर राणासँग बाहिरिने तयारीमा हुन्छिन् । गाडी लिएर शुरुमा देवांश एक्लै बाहिरिन्छन् सामाग्री ज्याकेटको टोपीले मुख छोप्दै अरुसँग बाइकमा बाहिरसम्म निस्किन्छन् र गाडीमा पस्छिन् । तस्वीर खिच्न चलचित्र पत्रकार पछि लाग्दै गर्दा उनी ज्याकेटले मुख छोप्दै तर्केको भिडियो एक अनलाइनले सार्वजनिक गरेको थियो ।

मिडियासँग साम्राज्ञी र प्रेमी देवांशको लुकामारी- भिडियो सहित

केही समय अघि नायिका प्रिंयका कार्कीको विवाहमा फोटो पत्रकारले खिचेको फोटो तत्काल डिलिट गर्न लगाएको कुरा पनि निकै विवादमा आएको थियो ।

आयंका विवाहको फोटो विवाद

यसरी नेपालमा फोटो पत्रकारहरुले नै ‘पापराजी’को काम छिटफुट मात्रामा गर्दै गरेको अवस्था भएपनि यो अवधारणाले खासै मौलाउने मौका पाएको छैन ।

नेपालमा पापराजीको अभ्यास लगभग शून्य नै छ ।

हलिउडमा भने त्यस्ता धेरै सेलिब्रेटी छन् जो पापराजीबाट आजित भएर भाग्न रुचाउँछन् । उनीहरुबाट सकेसम्म लुक्न खोज्छन् । हामीले केही रोचक तस्वीरहरु फेला पारेका छौं जसमा सेलिब्रेटीहरुले कहिले सिर्जनात्मक, कहिले व्यङ्गात्मक ढङ्गले पापराजीबाट बच्न खोजेका छन् ।

लिओनार्दो दि क्याप्रियोलाई राम्रोसँग थाहा छ मुख छोप्न कस्तो सामान प्रयोग गर्नुपर्छ ।

 

खाँदै गर्दा पापराजी देखिएपछि र्यान गोस्लिङको पोज

 

ब्रिट्नी स्पेयर्सले पापराजीमाथि छेपिन् सोडा

 

मार्क वाह्लवर्गले जब साथीहरुलाई बोलाएर उल्टै पापराजीकै फोटो खिच्न थाले…

 

डस्टिन हुफम्यानको सिर्जनात्मक लुक्ने तरिका

 

एमा स्टोन र एन्ड्रिउ गार्फिल्डले फोटोग्राफरको छुट्टै कुरामा ध्यानाकर्षण गरे

 

पापराजी देखेपछि अचानक परिवर्तन भयो कान्ये वेस्टको मुड

 

सोफी टर्नर र जोइ जोनसले सोचे कि उनीहरु केही नगरी मूर्तिजस्तै बसे भने पापराजीले फोटो खिच्नै बन्द गर्छन्

 

उनले सोचिन् कि कसैले उनको फोटो खिचिरहेको छ तर, उनलाई थाहा थिएन उनका पछाडि सुपरमोडल कार्ली क्लोस हिँडिरहेकी छिन् ।

 

पापराजी देखेपछि ड्यानियल रेडक्लिफले जिब्रो देखाउँछन् 

 

लिली एलन र बेला हडिड हातमा जे छ त्यसैले मुख छोपिरहेका छन् ।

 

एलेक बाल्डविनले आफूलाई ब्लान्केटले छोपेका छन् ।

आफ्ना प्रेमीको पछाडि लुकेकी छिन् केशा

 

डस्टिन हुफम्यान लुकेर हैरान भएपछि ‘फाइट ब्याक’ गरिरहेका छन् ।

 

विल स्मिथकी छोरी विलोले आफ्नै कपालले मुख छोपेकी छिन् । र, मोडल तथा अभिनेत्री काराले डि क्यापरियोकै तरिका अपनाएकी छिन् ।

 

क्याटी पेरी अपरिचित भेषमा

 

बेनेडिक्ट कम्बरब्याचले फोटोग्राफरलाई इजिरपट जान आग्रह गरेका छन् ।

 

इभा मेन्डेसले कपालले मुख छोपिरहेकी छिन् ।

 

क्रिस्टियानो रोनाल्डोसँग यस्ता सुरक्षा गार्ड छन् जसले लेजर प्वाइन्टर प्रयोग गरेर फोटोग्राफरलाई भगाउँछन् ।

(एजेन्सीको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?