अज्ञात रोगले बिरामी परे २५ विद्यार्थी, ७ जना सिकिस्त

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-७ पुन्मास्थित सरस्वती माध्यमिक विद्यालयको २५ जना विद्यार्थी एकै पटक बिरामी परेका छन् । विद्यालयको वार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको हो ।

२५ जना मध्ये ७ जनामा सिकिस्त बिरामी छन् । अन्यलाई सामान्य खालको रुघाखोकी छ । वार्षिक परीक्षा दिने क्रममा सोमबार ति विद्यार्थी बिरामी परेका हुन् ।

कतिपय विद्यार्थी शनिबारदेखि नै बिरामी भए पनि वार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भइरहेको स्थानीय दीपबहादुर शाहीले बताए । उनले केही दिन अघि परेको वर्षातका कारण गाँउमा रुघाखोकीका बिरामी बढेको बताए ।

जिल्ला अस्पताल जाजरकोटका मेडिकल टोलि जाँदै गरेको कुरा डिएसपी किशोर श्रेष्ठले लोकपथलाई बताए ।

Pic : Google File

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?