बरामद भएको मास्क अभिलेख राखेर विक्री गर्न निर्देशन

काठमाडौं । विश्वभरीनै फैलिरहेको कोरोनाभाइरस (कोभिड १९)को समयमा कालोबजारी गर्ने र लुकाएका मास्क प्रहरीले विभिन्न स्थानबाट जफत गरेको अभिलेख राखेर विक्री गर्न निर्देशन दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले बरामद भएका मास्कको मूल्य, नमूनासहितको अभिलेख र फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको हो ।

बरामद मास्कहरुको हालको मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटीमा राखी उक्त मास्कहरु सो संस्थाले यकिन अभिलेख राखी अविलम्ब विक्री गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

प्रहरीले कोरोनाभाइरसको बहानामा विभिन्न स्थानमा लुकाई राखिएका १० लाख भन्दा बढी मास्क बरामद गरेको छ । महान्यायाधिवक्ताका कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को दफा २७ अनुसार उक्त निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?