चीनका राष्ट्रपतिलाई लाग्यो विश्वलाई डराउनका लागि कोरोना फैलाएको आरोप

काठमाडौं । कोरोना भाइरसको काराण अहिलेसम्म सारा विश्वमा ६५ सय भन्दा धेरै जनाको मृत्यु भईसकेको छ भने डेढ लाख भन्दा धेरै कोेरोना संक्रमित छन् ।

कोरोनाको त्रास सारा विश्वभर नै फैलिरहेको बेला भारतको मुजफ्फपुरको कोर्टमा चीनका राष्ट्रपति शी जिनफिङ र राजदूत सन बेई डोंगबिरुद्ध आरोप दर्ता भएको छ ।

उनीहरुलाई चीनलै नै कोरोना भाइरस बनाएर सारा विश्वमा फैलाएको आरोप लागेको हो ।

कोरोना बनाएर उनीहरुले सारा विश्वलाई नै डर देखाएको भन्दै उनीहरु बिरुद्ध अधिवक्ता सुधीर ओझाले केस कोर्टमा दर्ता गरेका हुन् ।

सुधीरले जान्दा जान्दै पनि सारा विश्वलाई डराउनको लागि कोरोना भाइरसको निर्माण गरेको आरोप लगाएका हुन् ।

उनले आईपीसीको २६९,२७०,१०९,१२० बीको मापदण्डमा रहेर केस दर्ता गरेको बताएका छन् ।

सुधीरले आफूले दर्ता गरेको केस कोर्टले लिएको बताएको भारतीय सञ्चारमाध्यम पत्रिका डटकममा खबर प्रकाशित छ । उनको सुनुवाई कोर्टले ११ अप्रिल सन् २०२० मा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?