कोरोना भाइरस : फ्रान्सका विशेषज्ञको दाबी, यी औषधी खाँदा हुन्छ खतरा

काठमाडौं । कोरोना भाइरसलाई लिएर सारा विश्वले बिभिन्न तरिकाहरु अपनाइरहेको छ । तर फ्रान्सका विशेषज्ञहरुले संक्रमणको आशंकामा बिभिन्न औषधीहरु नखानका लागि सचेत गराएका छन् ।

कोरोनाका लागि आईब्रुफेन जस्तो एन्टीभायोटिक खानु हानीकारक हुन सक्ने फ्रान्सका स्वास्थ्यमन्त्री डाक्टर ओलिभर वेरनले बताएका हुन्।

उक्त औषधीको सेवनले इन्फेक्सन हुन सक्ने उनले बताएका छन् । साथै उनले फिवर भएका बिरामीहरुलाई प्यारासिटामल बाहेक अन्य कुनै औषधी नदिन पनि आग्रह गरेका छन् ।

जनवरी पछि सबै फ्रान्स निवासीहरुले फर्मासिस्टको सल्लाह लिएको बताउँदै उनले लोकप्रीय दुखाई कम गर्ने औषधी जस्तै इबुप्रोफेन, प्यारासिटामोल र एस्पिरन किन्न चाहनुहुन्छ भने सावधान हुन सचेत गराएका छन् ।

यस प्रकारका औषधीले रोगीको रोग झनै जटिल हुनसक्ने उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?