सरकारले कोरोनाको उपचारमा संलग्न डाक्टर र नर्सलाई भत्ता दिने

काठमाडौं । सरकारले कोराना संक्रमणको रोकथामका लागि प्रत्यक्ष रुपमा खट्ने डाक्टर र नर्सलाई भत्ता दिने भएको छ ।
सोमबार बसेको उच्चस्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने र अन्य जनशक्तिलाई ५० र २५ प्रतिशत जोखिमभत्ता उपलव्ध गराउने निर्णय गरेको हो ।
नेपालमा कोरोनाको संक्रमण हालसम्म नदेखिएपनि तयारीलाई भने उच्च महत्व दिएर सरकारले काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?