काठमाडौं- चीनको वुहान शहरबाट ३ महिनाअघिदेखि देखिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण सिंगो विश्व त्राहिमाम छ । कोभिड १९ को उद्गमस्थल वुहानमा महामारी घटिरहेको भएतापनि दिनरात खट्दापनि कोरोनाविरुद्धको औषधी पत्ता लागेको छैन । यो समाचार तयार पार्दासम्मको तथ्यांकअनुसार हालसम्म कोरोना भाइरस ‘कोभिड १९’ को कारण ७ हजार एक सय ६६ जनाको मृत्यु भएको छ । एक लाख ८२ हजार पाँच सय ५५ जना संक्रमित छन् । उनानअसी हजार आठ सय एकासी जना उपचारपछि घर फर्किएका छन् ।
यसैबीच विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट इटालीमा पछिल्लो २ दिनमा ७ सय १७ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। प्राधिकरणका अनुसार कोरोना संक्रमित संख्या २७ हजार ९ सय ८० पुगेको छ। २ हजार ७ सय ४९ जना उपचारपछि घर फर्किएका छन्।
सोमबार ईटलीमा ३ सय ४९ जनाको मृत्यु भएको हो । कोरोनाबाट कुल मृत्यु हुनेको संख्या भने २ हजार १ सय ५८ पुगेको छ।
इरानमा थप १२९ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ८५३ पुगेको छ। करिब १५ हजार संक्रमित छन्। चीनमा सबैभन्दा बढी ३ हजार २ सय १३ जनाको मृत्यु भएको छ। रोयटर्सको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया