१३ फोटोमा हेर्नुहोस् : पनौतीमा कर्फ्यू

काठमाडौं । सोमबार साँझ टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएपछि काभ्रेको पनौतीमा बढेको तनाव र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितीलाई मध्यनजर गर्दै यतिबेला त्यहाँको प्रशासनले पनौतीमा कर्फ्यू लगाएको छ ।

त्यहाँको वातावरण अहिले सुनसान छ । बाहिर सुरक्षाकर्मी मात्रै देखिन्छन् । काभ्रे प्रहरीका अनुसार बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको हो ।

घटनालगत्तै टिप्पर चालक रोशी–६ का नवराज थापा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर घटनाको विरोधमा स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन र नाराबाजी गरेका थिए । उनीहरुले प्रहरी बिट र सिसिटीभीमा समेत क्षति पुर्याएका छन् । त्यसपछि हिजो राति प्रहरीले बल प्रयोग गर्दै स्थितिमा नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

तर, प्रदर्शनकारी थप आक्रोशित बन्दै प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले हिजो दर्जनौं राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । घटनामा पाँच प्रहरी र केही स्थानीय घाइते भएका थिए ।

आज बिहानैबाट पनि प्रर्दशनकारी भेला हुँदै टायर बालेर प्रर्दशन गरेपछि फेरि हुनसक्ने अर्को संभावित दुर्घटना टार्न प्रशासनले आज बिहानदेखि कफ्र्यु आदेश जारी गरेको छ । सोमबार टिप्परको ठक्करबाट ज्यान गुमाउने आमा छोरी हुन् ।

लोकपथ डटकमसँगको कुराकानीमा बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको पनौतीका एसपी रवि पौडेलले बताए । उनले थपे हिजो दुर्घटना भएपछि आक्रोशित भएका स्थानीय र मृतकका आफन्तले बिहानैदेखि टायर बालेर प्रर्दशन गरेका कारण स्थिती नियन्त्रणबाहिर नजाओस् भन्नको लागि सर्तकतास्वरुप कर्फ्यू लगाइएको हो ।

६ दिन अघि बाँकेको कोहलपुरमा टिप्परले ठक्कर दिँदा साइकल यात्री महिलाको मृत्यु भएको थियो । कोहरलपुर नगरपालिका ९ स्थित झण्डाहावा चोकमा रा १ ख २१८८ नम्वरको ट्रिपरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेकी सोही ठाउँकी महिलाको मृत्यु भएको थियो । सुर्खेतमा टिपरको ठक्करबाट गत माघ १४ गते एक युवकको मृत्यु भएको थियो । आफ्नै लेनमा हिँडेका उनलाई टिप्परले घिसारेर किचेको थियो ।

पछिल्लो समय टिप्परको ठक्करबाट दिनहुँजसो मानिसहरुले ज्यान गुमाउनुपरेको छ । कतिपय अवस्थामा टिप्परले ठक्कर दिएर भागेको घटना समेत छ ।  बढ्दो टिप्परको चाप र तिव्र गतिका कारण पछिल्लो समय टिप्परको ठक्करबाट भएका दुर्घटनाको संख्या बढ्दै गएको छ ।

अव्यवस्थित तथा साँघुरो बाटो, तिव्र गति र कम उमेरका चालक, बढ्दो सवारी चापका कारण टिप्पर दुर्घटना बढीरहेको छ ।

शहरी क्षेत्रमा हुने गरेका टिप्पर दुर्घटना तिव्र गति र माथि प्रस्तुत गरिएका कारणबाट नै हुने गरेका छन् । ‘अफरोड’ का लागि बनाइएको टिप्पर चलाउने अधिकांश कम उमेरका छन् । हेभी गाडी’ भए पनि शक्तिशाली हाइड्रोलिक इन्जिन, तुरुन्तै गति लिनसक्ने क्षमता आदिका कारण टिप्परमा युवाहरूको आकर्षण छ । तिनमा भएको जोशले शहरी परिवेशमा कसरी सवारी हाँक्ने भन्ने चेत हराईदिन्छ र दिनहुँ दुर्घटनाको समाचार आईरहन्छन् । त्यतिमात्रै होईन नियमित सवारी चेकजाँच नहुनु, मोबाइल फोनको प्रयोग गरिनु पनि दुर्घटनाका कारण हुन् ।

केहि समय अघि अत्याधिक दुर्घटना हुन थालेपछि विहान र दिउँसो काठमाडौँ, भक्तपुरमा पनि टिप्पर नगुडाउन भनिएको छ । टिप्परका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले गत २७ असारमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो टिप्पर चलाउन प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उपत्यकामा राति ८ बजेपछि मात्रै टिप्पर चल्न पाउने भनिएको छ ।

भूकम्पपछिको पूनर्निमाणको लागि गिटि बालुवा, ढुंगा ओसारपसार गर्नको लागि अत्याधिक मात्रामा टिप्परको प्रयोग भइरहेको छ । बिहानको समय तोकिएको छैन । तर रातको समयमा उनीहरुको गतिले अन्य सवारी चालक आत्तिन्छन् । विभिन्न मुलुकमा सडक अनुसार कुन गतिमा सवारी हाँक्ने भन्ने मापदण्ड तोकिएको हुन्छ । तर हाम्रोमा त्यसो नहुँदा टिप्परले हेपेर लेन मिचेर हाँकिरहेका छन् ।

हाम्रा गाउँ–शहरमा ६७०० सीसी इन्जिन र ३१ टनसम्म भारवहन क्षमता भएका टिप्पर गुडिरहेका छन् । एन्टी लक ब्रेकिङ सिस्टम ९एबीएस० नभएका, ठूलो पांग्रा भएका, ६ सिलिण्डर सहित हाइड्रोलिक इन्जिनयुक्त यस्ता टिप्परहरू शहरी बाटोमा गुडाउन प्राविधिक रूपले उपयुक्त नहुने विज्ञहरु बताउँछन् । सामाजिक सञ्जाल /स्थानीय पत्रकारबाट प्राप्त पनौतीको ताजा तस्वीर

कर्फ्यू आदेश पछिको दृश्य

कर्फ्यू आदेश पछिको दृश्य  कर्फ्यू आदेश पछिको दृश्य कर्फ्यू आदेश अघिको दृश्य सोमबार रातिको दृश्य कर्फ्यू आदेश पछिको दृश्य कर्फ्यू आदेश पछिको दृश्य कर्फ्यू आदेश पछिको दृश्य कर्फ्यू आदेश पछिको दृश्य

कर्फ्यू आदेश अघिको दृश्य कर्फ्यू आदेश पछिको दृश्य सोमबार रातिको दृश्य कर्फ्यू आदेश पछिको दृश्य कर्फ्यू आदेश पछिको दृश्य 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?