काठमाडौं । एक तिर कोरोना भाइरसको कारण विश्व नै डराइरहेका बेला दाश्रो तर्फ कोरोनालाई लिएर टिकटकमा अनौठो च्यालेन्ज शुरु भएको छ ।
यो च्यालेन्जको नाम रहेको छ ‘कोरोना भाइरस च्यालेन्ज’ । यो च्यालेन्ज मिडियामा तब चर्चामा आयो जब सेलिब्रेटीको हर्कतबाट मानिसहरु रिसाउन थाले ।
दर्शकहरु यति सम्म रिसाए कि उनीहरुले उक्त सेलीब्रेटीलाई दिमाग चेकअप गर्न सल्लाह समेत दिएका छन् ।
एक अंग्रेजी पत्रिकामा छापिएको एक रिपोर्टका अनुसार ईवा लुईस नामकी यी टिकटक स्टार एकदमै फेमस छिन् । ईवाले १५ मार्चमा आफ्नो टिकटक अकाउण्टमा एउटा भिडियो अपलोड गरेकी थिइन् ।
उक्त भिडियोलाई उनले कोरोना भाइरस च्यालेन्ज नाम दिएकी छन् । यस च्यालेन्जमा उनी वाशरुममा छिन् र उनले आफ्नो ट्वाईलेट सिटलाई चाटी रहेकी छन् ।
त्यसपछि उनी आफ्नो त्यो एक्टलाई ‘कोरोना भाइरस च्यालेन्ज’ नाम दिएर फलोअर्सहरुलाई भाइरल गराउनका लागि अनुरोध गर्दछिन् ।
यो भिडियो अहिलेसम्म २ मिलियन भन्दा धेरैले हेरिसकेका छन् भने भिडियो भाइरल भएलगत्तै मानिसहरुले रिएक्सन दिन शुरु गरेका छन् । टिकटक युजर्सहरुले यो पागलपन भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया