काठमाडौं । अहिले सम्म ड्राइभिङ लाइसेन्स बनाउन र बैंकमा खाता खोल्न जस्ता कामका लागि फोटो आइडीको आवश्यकता पर्दथ्यो । तर अब आउने दिनहरुमा त्यसको आवश्यकता नपर्ने भएको छ ।
सिंगापुर संसारकै पहिलो यस्तो देश बन्दै छ,जहाँ कुनै पनि कामका लागि फोटो आइडी होइन, आफ्नो अनुहार देखाउनु पर्नेछ । सिंगापुर सरकारले ‘फेसियल रिकग्निसन टेकनिक’का लागि काम गरिरहेको छ ।
यो निर्माण सकिए लगत्तै देशभर नै सरकारी र निजी कामका लागि फोटो ‘कियोस्क सिस्टम’ राखिने भएको छ ।
त्यसपछि अनुहार देखाए पछि तपाईका सबै काम हुनेछन् । उक्त टेकनिकमा देशैभरका सबै नागरिकका अनुहार र पहिचान समेत सबै जानकारी हुन्छ ।
सरकारले यसै वर्षको जूनदेखि ‘कियोस्क’ राख्न शुरु गर्नेछ । सन् २०२२ सम्ममा देशैभर यो सुविधा शुरु हुने दाबी समेत गरिएको छ । यो सुविधाको प्रयोग गर्नका लागि नागरिकहरुले ‘सिंगपास एप’ डाउनलोड गर्नु पर्नेछ ।
रिपोर्टका अनुसार सुविधा शुरु भएपछि मानिसहरुको समय बच्ने र कोरोना भाइरस जस्ता संक्रमण पनि टाढै रहने बताइएको छ ।
सिंगापुरमा यो काम स्मार्ट नेशनका प्रभारी मन्त्री डा. विवियन बालाकृष्णनको रेखदेखमा भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया