काठमाडौं । ९७ वर्षीय बलिउड अभिनेता दिलिपकुमार कोरोना भाइसविरुद्ध क्वारेन्टाइनमा बस्ने भएका छन् । श्रीमती सायरले हेरबिचार गर्दै आएकी अभिनेता दिलिपले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन् ।
उनी कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन् । अभिनेता कुमारले कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘कोरोनाबाट जोगिन सकेसम्म घरभित्रै बस्नुहोस् ।’
भारतमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भइसकेको छ। १ सय भन्दा बढीमा संक्रमण भेटिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया