दलहरुबीच सहमति हुन नसक्दा प्रदेश २ को राजधानी र नामबारे मतदान रोकियो

काठमाडौं । प्रदेश नं २ को राजधानी तथा प्रदेशको नाम टुंग्याउन मंगलवार ११ बजेका लागि तोकिएको मतदान रोकिएको छ । मतदान कार्यसूचीप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विरोध जनाएपछि मतदान केही समयका लागि रोकिएको हो । प्रदेशको नाम तथा राजधानी टुङ्याउनका लागि मंगलबार बिहान ११ बजेको लागि प्रदेशसभामा मतदानको समय ताकिएको थियो।

यस अघि नै प्रदेश नं २ को राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुको बीचमा सहमति भएको थियो । तर प्रदेशको नामको विषयमा दलहरुबीच सहमती हुन नसक्दा मतदान रोकिएको हो । साथै यसको अन्तिम निर्णय लिन प्रदेशसभामा आज मतदान हुँदैछ ।

प्रदेशको नामको बारेमा मतदानबाट निर्णय लिन दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेश २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाका ३२ ,नेपाली काँग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरी १ सय ७ जना मतदाता छन् । तर पनि कुनै पनि दलसँग दुई तिहाई मत नभएकाले प्रदेशको नाम टुंगो लगाउन प्रक्रिया चुनौतिपूर्ण बनेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?