१६ लाखको लेहेङ्गाबारे बनेको ट्रोलमा बोलिन् आँचल शर्मा

काठमाडौं । अहिलेकी चल्तीकी अभिनेत्री आँचल शर्माले गएको फागुन २९ गते बिहीवार प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसिन् ।

उनको विवाह पार्टी सामाजिक सञ्जालमा अत्याधिक चर्चाको विषय पनि बन्यो। विशेषगरि, हेलिकप्टरमा चढेर पार्टीमा सहभागी भएका उनीहरु र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक सञ्जालमा अहिलेसम्म पनि व्यापक छ ।

सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई ट्रोल बनाइरहेका बेला अभिनेत्री आँचलले सामाजिक सञ्जालमा मन छुने स्टाटस लेखेकी छन् ।

अभिनेत्री आँचलले लेखेकी छन्, ‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’

आँचलले, आफूहरुको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?