भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो, १२८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमणले भारतमा थप एक जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा ६४ वर्षीयाको मृत्यु भएको हो ।

योसमेत गरेर भारतमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । भारतमा अहिले कोरोनाबाट १२८ जना संक्रमित छन् । त्यसमध्ये महाराष्ट्रका ३६ जना रहेको बीबीसीले जनाएको छ ।

मार्च १० मा कर्नाटकमा ७६ वर्षीय व्यक्तिको मृत्यु भएको थियो । उनी केही समय पहिला साउदी अरबबाट फर्किएका थिए । पश्चिम बंगालमा ६९ वर्षीया महिलाको मार्च १३ मा मृत्यु भएको थियो ।

कारोना भाइरसका कारण भारतको ताज महल बन्द भएको छ । भारत सरकारले कारोना भाइरसको संक्रमण रोक्न ताज महल बन्द गरिएको हो ।

यो पनि पढ्नुहोस् : ताज महल बन्द, यस्तो छ कारण …

प्रेमको प्रतिकको रुपमा रहेको भारतको प्रख्यात पर्यटकीय गन्तव्य ताज महल कोरोनाको त्रासले नै बन्द गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ । दैनिक हजारौँको संख्याले अवलोकन गर्ने ताज महल कोरोना भाइरसको संक्रमण नफैलियोस भनि बन्द गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?