काठमाडौं । अहिले प्रदेश २ को नाम टुङ्याउनका लागि चार वटा नाम प्रस्ताव भएको छ । पहिलो नेकपाका सांसद रामकुमार यादवले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेका छन् । यस प्रस्तावमा मदतान जारी छ ।
उक्त प्रस्तावको पक्षमा दुईतिहाइ मत नपरे अर्को प्रस्तावका लागि मतदान हुने बताइएको छ । प्रदेश सदस्य १ सय ७ सदस्य छन् । दुईतिहाई मतका लागि ७२ जना आवश्यक पर्छ ।
जानकी पारित नभए ‘मिथिला भोजपुरा’ का लागि मतदान हुने बताइएको छ । उक्त प्रस्ताव नेपाली कांग्रेसका सांसद नरेशकुमार यादवले प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावपनि पारित नभए ‘मध्य मधेस’ नामक प्रस्तावका लागि मतदान हुनेछ । उक्त प्रस्ताव कांग्रेसकै अर्का सांसद राजेश्वरप्रसाद साहले गरेका छन् । उक्त प्रस्तावसमेत पारित नभए अन्तिममा समाजवादी पार्टी र राजपाको तर्फबाट संयुक्त रूपमा समाजवादी पार्टीका सांसद शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेको ‘मधेस’ का लागि मतदान हुने सचिवालयले जनाएको छ ।
मतदानका लागि प्रदेशसभा सचिवालयका लागि रञ्जित यादवलाई निर्वाचन अधिकृत तोकीएको छ ।
मतदान प्रकृया सकेर आजै ४ बजे बस्नै बैठकले परिणाम सार्वजनिक गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया