काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाका कारण बजारमा अन्य बस्तु जस्तै मास्कहरु पाउन छाडेका छन् । त्यसैलाइ मध्यनजर गर्दै नेपालमा आईएमएस ग्रुपले बजारमा नयाँ माक्स ल्याउने भएको छ । आईएमएस ग्रुप सामसुङ मोबाइलको बिक्रेता हो । उक्त ग्रुपले आगामी सातादेखि बजारमा नयाँ उत्पादन गरि मास्क बजारमा ल्याउन लागेको हो । ग्रुपका अनुसार बजारको अभावलाई मध्यनजर गर्दै आगामी हप्ताको शुरु अर्थात आइतवारबाट नै बजारमा उक्त माक्स आउने भएको हो ।
यतिबेला उप्पादित मास्क बजारमा सकिएको र भएपनि बजारमा कृतिम अभाव गरि कालो बजारी गरेका कारण बजारमा माक्सको हाहाकार रहेको छ । त्यसैले बजारको हाहाकारलाई समाधान गर्नका लागि उक्त ग्रुपको माक्सले टेवा पुर्याउने विश्वास आईएमएसले लिएको छ । आईएमएसका अनुसार मंगलबार मास्क बनाउने मेशिन भैरहवा भन्सारबाट छुटने तथा अर्काे हप्ताको शुरुबाटै माक्स उत्पादन शुरु गरि बजारमा जानेछ ।
ग्रुपका अनुसार उक्त मेसिनबाट दैनिक ७० हजार माक्स उत्पादन हुन्छ । भने त्यसको लागि कच्चा पदार्थ नेपालकै रहेको छ र आवस्यक मात्रामा त्यसको प्रवन्ध समेत भइसकेको जनाइएको छ ।
एउटा मास्क उत्पादन गर्न कष्ट अफ प्रडक्सन नै ७ रुपैयाँ लाग्नेछ । भने उक्त ग्रुपले उपभोक्तालाई ५ रुपैयाँमा मास्क उपलब्ध गराउँन लागेको हो । औषधि व्यवसायी संघले माक्स बिक्री गर्न मागेको र उनीहरूलाई भने प्रतिगोटा माक्स ७ रुपैयाँ (उत्पादन मूल्य) मा उपलब्ध गराउने ग्रुपले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया