काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोभिड-१९’लाई‘चाइनीज भाइरस’को संज्ञा दिएका छन् । ट्रम्पले केहिदिन अघि एक ट्वीटमा त्यस्तो संज्ञा दिएका हुन् ।
कोरोना भाइरसको महामारीबाट प्रभावित एयरलाइन्स उद्योग लगायत व्यवसायलाई अमेरिकाले सहयोग गर्ने उनको प्रतिवद्धता गर्दै त्यस्तो संज्ञा दिइएको बताइएको छ ।
तर, उनको उक्त संज्ञालाई भने सामाजिक सञ्जालमा आलोचना भएको छ । विश्व स्वास्थ्य सगठन उक्त भाइरसलाई ‘कोभिड १९’ दिइसकेकोे छ । उक्त विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरेका छन् ।
कोरोना भाइरस चीनको वुहान सहरबाट फैलिएको थियो । चीनले पनि उक्त भाइरस अमेरिकी सेनाले फैलाएको दावी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया