यी युवकले तीन वर्षमै शरीरभर बनाए ट्याटु, भन्छन् ट्याटुले कन्फिडेन्स बढायो

काठमाडौं । क्यानडामा बस्ने एक व्यक्तिले आफ्नो बडीमा नीलो रङको ट्याटु बनाउँदा आफ्नो कन्फिडेन्स पहिला भन्दा राम्रो भएको दाबी गरेका छन् ।

२६ वर्षका उक्त युवकको पूरा शरीर ट्याटुबाट रंगिएको छ । ति सबै ट्याटु परमानेन्ट इंकले बनेका छन् । स्कारबोरोमा बस्नेवाला डनि स्निडरले तीन वर्ष पहिला आफ्नो बडीलाई परमानेन्ट नीलो रङले रंगाउन शुरु गरेका थिए ।

अब त उनी रियल लाइफ स्मर्फ (बेल्जियन कमिम क्यारेक्टर) मशरुमको घरमा बस्ने गर्दछन् । डनीलाई नीलो रङसँग मायाँ तीन वर्ष पहिला देखि बसेको थियो ।

जब उनले पहिलो पटक आफनी बहिनीलाई खुट्टामा ट्याटु बनाउन भनेका थिए । उनले भने पहिलोपटक नीलो रंगको ट्याटु बनाएपछि उनमा अनौठो आत्मविश्वास आयो ।

त्यसैले उनले ट्याटु निरन्तर आफ्नो शरीरमा बनाईराखे । अहिले उनको सबै शरीर नीलो भएको छ । नीलो र.गको शरीर लिएर कतै पनि काम गर्न जाँदा लाज लाग्ने गरेको उनले बताएका छन् ।

साथै उनले जहाँ कामका लागि गएपनि आफूले क्यानेडियन नागरिक भएको र मिहेनत गर्नेवाला भएको बताउँदै आएका जानकारी दिएका छन् ।

उनी भन्छन् अहिले त नकारात्मक सन्देश सुन्ने बानी भईसकेको बताएका छन् । उनी भन्छन्, मैले ब्लु ट्याटु बनाएर गल्ती गरेको तर भविष्यलाई लिएर आशावादी रहेको बताएका छन् । साथै उनले भने मेरो साथ जे हुन्छ पक्कै राम्रो नै हुन्छ होला ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?